काठमाण्डु – नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लवसँगको शान्ति सम्झौतामा हतियारबारे कुरा नउठाएको भन्दै प्रधानमन्त्रीको जवाफ मागेको छ ।
शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियामा आउँदा खोलाले बगाएको विप्लवले राज्यलाई हतियार बुझाउने बुँदा खोई ? भन्दै प्रश्न गरेका छन् ।
‘प्रचण्ड आउँदा खोलाले बगायो । थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ प्रधानमन्त्रीज्यू ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ’, उनले भनेका छन् ।
प्रवक्ता शर्माले सहमतिलाई स्वागत गर्दै २०२८ मा केपि–सिपि, २०५२ मा प्रचण्ड–बाबुराम, अहिले विप्लव–प्रकाण्ड रेड बुक, नाम र काम उस्तै, परिणाम उस्तै भएको बताए ।
‘सहमतिलाई स्वागत । ०२८ मा केपि–सिपि,०५२ मा प्रचण्ड–बाबुराम,अहिले विप्लव–प्रकाण्ड । रेड बुक, नाम र काम उस्तै,परिणाम उस्तै !’, उनले भने, ‘नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न– कम्युनिस्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्,साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?’




प्रतिक्रिया