कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १४ औं महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिइन् । सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन, सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

कांग्रेसले सरकार गठनका विषयमा अन्य राजनीतिक दलहरुसँग छलफल अगाडि बढाएको छ । सभापति देउवाले गत शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई बोलाएर नयाँ सरकार गठनबारे छलफल गरेका थिए । तर, जसपाले समय माग गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।