काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक सुरु भएको हो ।
पदाधिकारी बैठक १४ औं महाधिवेशन तयारीका विषयमा लागि गर्नुपर्ने काम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।
माओवादी केन्द्रले कांग्रेससँग मिलेर सत्ता सहकार्य गर्ने बताउँदै आएको छ । भने जनता समाजवादी पार्टीभित्र भने सरकारमा जाने विषयमा विवाद कायम छ ।




प्रतिक्रिया