कांग्रेस पदाधिकारी बैठक सर्‍यो

कांग्रेस पदाधिकारी बैठक सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ । पार्टीका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि बोलाइएको पदाधिकारी बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको हो ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गर्नू परेको हो । आजको बैठकमा पछिल्ला समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने घोषणा गरेका छन् । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्रले संसदमा विश्वासको मत लिने घोषणा गरेपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा अन्य दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने बताइसकेको छ ।

सोहीअनुसार कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरिसकेको छ । तर, जसपाभित्र नयाँ सरकार गठनका विषयमा दुई धार देखिएपछि कांग्रेसले संख्या नपुग्ने भन्दै प्रक्रिया अगाडि बढाउन सकेको छैन् ।