मध्यविन्दु अस्पताललाई कांग्रसको २५ थान सिलिन्डर सहयोग

मध्यविन्दु अस्पताललाई कांग्रसको २५ थान सिलिन्डर सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको संयोजनमा रिफिल गरिएको २५ थान अक्सिजन सिलिन्डर नवलपरासी वर्दघाट सुस्ता पूर्व मध्यविन्दु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । जिल्लामा कोरोना संक्रमण बढेसंगै कांग्रेसले अनुगमन समिति बनाएको हो ।

कोभिड–१९ अनुगमन समितिको पहलमा सांसदद्वय देवेन्द्रराज कंडेल र विनोद चौधरीको पहलमा भैरहवाबाट रिफिल गरेर ल्याईएको २५ अक्सिजन सिलिन्डर मध्य १५ वटा मध्यविन्दु जिल्ला अस्पताललाई र १० थान  बुझाईएको कोभिड–१९ अनुगमन समितिका संयोजक सुरज गुरुङले बताए ।

नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले अक्सिजन सिलिन्डरहरु विपत व्यवस्थापन सहयोग समिति मार्फत अस्पताललाई हस्तान्तरण गरेका छन् ।

अस्पतालबाट खाली सिलिन्डर भैरहवा लगेर रिफिल गरेर ल्याईएको र थप सिलिन्डरहरु ल्याउने प्रयास भैरहेको गुरुङले बताए ।