काठमाण्डु : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेस सचेतक पुष्पा भुषालले बताइन् । बैठकमा कोरोना भाइरसको संक्रमण, बजेट र सत्तासमिकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यस्तै कोरोना नियन्त्रण र उपचारमा सरकारलाई दवाव दिने तथा जारी लकडाउनका कारण रोजगारी गुमाएका श्रमिक र न्युन आर्थिक अवस्था भएका नागरिकलाई राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराउने बिषयमा पनि छलफल हुनेछ । बैठक आज दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ ।




प्रतिक्रिया