प्रचण्डलाई कांग्रेसको जवाफः केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, खेमराज सांसद बन्न किन नमिल्ने ?

प्रचण्डलाई कांग्रेसको जवाफः केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, खेमराज सांसद बन्न किन नमिल्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाट जाने उमेरका बुढालाई उम्मेद्वार बनाएको भनेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले जवाफ फर्काएको छ ।

प्रचण्डको अभिव्यक्तिपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डको उचाइ र उमेरले यस्तो बोल्नु शोभनीय नहुने उल्लेख गरेका छन् ।

बुधबार दिउँसो ट्वीट गर्दै शर्माले भनेका छन्, ‘देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नूझभोकि कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको रास्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने । अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?’

कांग्रेसले कास्की २ मा ७५ वर्षका खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।

र याे पनि

‘विचरा’ देवघाटतिर जानुपर्ने बूढालाई कांग्रेसले उम्मेदवार बनायोः अध्यक्ष प्रचण्ड

शेरबहादुरजीले झुट बोलेर सूर्यलाई छेक्न खोज्नुभाे, बेइमानी गर्न छोड्नुस्: अध्यक्ष प्रचण्ड

अब दलितबाट नेकपाकै प्रस्तावमा प्रधानमन्त्री बन्छः अध्यक्ष प्रचण्ड