काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टीको १४ औं महाधिवेशनका विषयमा आवश्यक निर्णय लिन बिहीबारबाट सुरु भएको बैठक आज पनि जारी रहेको नेपाली कांग्रेसले जनाएको छ ।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएपछि आज दिउँसो १ बजे बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहीबारको बैठकले १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाण्डुमा आयोजना गर्ने निर्णय गरेको छ । साथै गाउँ वडा अधिवेशन आगामी साउन १२ गते हुनेछ ।
गाउँ,नगरपालिका साउन १६, प्रदेश क्षेत्रीय साउन २०, प्रतिनिधिसभा क्षेत्रीय (एक निर्वाचन क्षेत्र भएको जिल्लाको समेत) साउन २३, दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुने बताइएको छ ।




प्रतिक्रिया