ओलीको सिको गर्दै देउवा, पार्टीको बैठक सरकारी निवासमा

ओलीको सिको गर्दै देउवा, पार्टीको बैठक सरकारी निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको छ ।

आजै बिहान सरकारी निवास प्रवेश गरेका देउवाले पार्टी पदाधिकारीको बैठक बालुवाटारमै राखेका हुन् । यसअघि पदाधिकारीको बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्दै आएको थियो ।

देउवाको व्यस्तताका कारण बैठक बालुवाटारमै बोलाइएको बताइएको छ । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रायः पार्टीको बैठक सरकारी निवासमै गर्दै आएका थिए । पार्टीको बैठक सरकारी निवासमा गरेकोप्रति उनको आलोचना समेत भएको थियो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासलाई पार्टी कार्यालय बनाएको आरोप लागेको थियो । ओलीले सरकारका काम पनि बालुवाटारबाटै गरेका थिए ।

९ः४७ बजेको शुभसाइत पारेर शुक्रबार बिहान बालुवाटारको सरकारी निवासमा सरेका देउवालाई ओलीको सिको गरेको भन्ने आरोप लागेको छ ।

बृहत नागरिक आन्दोलनले बालुवाटारलाई पार्टी कार्यालय नबनाउन अपिल गरेको छ । देउवा बालुवाटारमा सरेकै दिन कांग्रेसको पदाधिकारीको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजे भन्दै बृहत नागरिक आन्दोलनले सचेत गराएको हो ।

‘नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘बालुवाटारलाई पार्टी बैठकस्थल मात्र होइन, पार्टी नेता–कार्यकर्ताको आश्रय÷विश्राम÷भेटघाट स्थलसमेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलन सरकारको अविलम्ब ध्यानाकर्षण गर्दछ ।’