कांग्रेसबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्दै

कांग्रेसबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसबाट थप दुई जना नेता मन्त्री बन्ने भएका छन् । कांग्रेसले पार्टीको तर्फबाट सरकारमा सहभागी गराउने मन्त्रीहरुको प्रारम्भिक सुची तयार भएको हो ।

महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरु नाम तय गरेको स्रोतले जनाएको छ । संस्थापन पक्षकाबाट सरकारमा सहभागि हुनेहरुको नाम टुङ्गो लगाएको  एक कांग्रेस नेताले जानकारी दिए ।

पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई सरकारमा पठाउने तयारी भइरहेको बताइएको छ । यसअघि देउवाले बालकृष्ण खाँड र जानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाइसकेका छन् ।