क्रियाशील सदस्यताको विवाद मिलाउन कांग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा

क्रियाशील सदस्यताको विवाद मिलाउन कांग्रेसका शीर्ष नेता आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद समाधानका लागि प्रमुख शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी छन् ।

क्रियाशील सदस्यता छानविन समितिले ९६ प्रतिशत क्रियाशील सदस्यताको विषय मिलाए पनि चार प्रतिशत मिलाउन नसकेको भन्दै दोस्रो पटक प्रतिवेदन बुझाएपछि देउवाले कांग्रेसका तीन पक्षको प्रतिनिधित्व हुने गरी शिर्ष तीन नेताको बैठक डाकेका हुन् ।

बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याएर महाधिवेशनको कार्यतालिका प्रवेश गर्ने बताइएको छ ।