कांग्रेसको क्रियाशिल सदस्यता विवाद निरुपण गर्न नयाँ मापदण्ड

कांग्रेसको क्रियाशिल सदस्यता विवाद निरुपण गर्न नयाँ मापदण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले क्रियाशिल सदस्यताको विवाद निरुपण गर्न नयाँ मापदण्ड बनाउने भएको छ ।

पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसमा अहिले ८ लाख ५२ हजार क्रियाशील सदस्य छन् । करिब एक सय वडामा क्रियाशील सदस्यताबारे अझै विवाद छ । यी विवाद ५ दिनमा हल गर्ने शीर्ष नेताबीच सहमति छ । बैठकले महाधिवेशनको नयाँ कार्यतालिका भने बनाएको छैन ।