भदौमा महाधिवेशन गर्न नसकिने देउवा निकट जिल्ला सभापतिहरूको निष्कर्ष

भदौमा महाधिवेशन गर्न नसकिने देउवा निकट जिल्ला सभापतिहरूको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरुले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् ।

ललितपुरको समिट होटलमा भएको संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेलाले तोकिएको समयमा महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको हो । सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिको भेलाले ६ बुँदे सुझाव तयार पारेको छ ।

जिल्ला सभापतिहरुले कोरोना भाइरसको महामारी र पार्टीको आन्तरिक कारणले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने भन्दै नयाँ कार्यतालिका सार्वजनिक गर्न सुझाव दिएका छन् ।