कांग्रेस क्रियाशील सदस्यता विवादः कार्यदलले देउवालाई आजै प्रतिवेदन बुझाउने

कांग्रेस क्रियाशील सदस्यता विवादः कार्यदलले देउवालाई आजै प्रतिवेदन बुझाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन गठन भएको कार्यदलले प्रतिवेदन बुझाउने भएको छ ।

कार्यदलले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानको खाका आज सभापति शेरबहादुर देउवालाई बुझाउन लागेको हो ।

कार्यदलका सदस्य रमेश लेखकले अधिकांश ठाउँको क्रियाशील सदस्यतासम्बन्धी विवाद पहिलेनै समाधान भएपनि बाँकी ठाउँकोे विवाद मिलाएर आज प्रतिवेदने तयारी भएको जानकारी दिए ।

कार्यदलमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलगायतका नेताहरु रहेका छन् ।

सभापति देउवालाई बुझाइएपछि उक्त प्रतिवेदनमाथि पदाधिकारी बैठकले थप निर्णय गर्ने भएको छ । कांग्रेसले भदौ १८ गते वडाहरूको अधिवेशन गर्ने र मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।