सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको धर्ना

सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको धर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालयमा धर्नामा बसेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु आज पार्टी कार्यालय सानेपामा धर्ना दिएका हुन् ।

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न र क्रियाशील सदस्यता सच्याउने समय दुई दिन थप्न माग गर्दै जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् । उनीहरुले क्रियाशील सदस्यको सूची वेवसाइटमा राख्न शनिबार नै दुई दिनको समय दिएर सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका उनीहरुले माग गरेका छन् ।

धर्नामा २३ जिल्लाका सभापतिहरु सहभागी छन् । उनीहरुले आज दुई घण्टा धर्ना दिने र भोलीसम्म पनि माग पूरा नभए निरन्तर भर्नामा बस्ने नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । भने केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डुमा गर्ने भएको छ ।