सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको अनशन (फोटोफिचर)

सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको अनशन (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले रिले अनशन सुरु गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह के सि, काभ्रेका जिल्ला सभापति मधु आचार्य र धादिङका जिल्ला सभापति रमेश धमला २४ घण्टे रिले अनसनमा बसेका हुन् ।

क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै आजदेखी २४ घण्टे रिले अनशन सुरु गरेको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिए । ‘जबसम्म हाम्रा मागबारे सम्बोधन हुँदैन, तबसम्म अनशन जारी रहन्छ,’ सभापति केसीले भने, ‘यो जिल्ला सभापतिको माग होइन, देशभरका क्रियाशील सदस्यको भावनाको प्रतिनिधित्व हामीले गरेका हौं ।’ कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ।