कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेद्वार (नामसहित)

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेद्वार (नामसहित)


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ ।

रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ । कर्णाली प्रदेशमा कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते हुनेछ । आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका छ ।

यी हुन् राष्ट्रियसभा सदस्यका उम्मेद्वारः

प्रदेश नम्बर १

निरबहादुर विश्वकर्मा (दलिततर्फ)

मीना पुलामी मगर (महिला)

राजेन्द्र घिमिरे (अन्य)

प्रदेश नम्बर २
नगिना यादव (महिला)

भोला पन्जियार (अल्पसंख्य÷अपांगता)

प्रदेश नम्बर ३

हरिशरण श्रेष्ठ (अन्य)

छलीकुमारी शर्मा उपाध्याय (महिला)

गण्डकी प्रदेश

सूर्यप्रसाद रेग्मी (अन्य)

विमला गौचन (महिला)

प्रदेश नम्बर ५

बालकृष्ण पाण्डे (अन्य)

गिरिजा न्यौपाने (महिला)

मेराज हलवाई (अल्पसंख्यक÷अपाङ्गता)

सुदुरपश्चिम प्रदेश

प्रताप ठगुन्ना (अन्य)

तुलसी देवकोटा (महिला)