काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।
बैठकमा पार्टीको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो । हिजोको बैठकमा रामचन्द्र पौडेल पक्षधरहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा मन्त्रिमण्डल विस्तार गरेकोबारे असन्तुष्टी जनाएको थियो । प्रधानमन्त्री देउवाले हिजो आफू पक्षीय नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए ।




प्रतिक्रिया