जनताको आस्थाको थलोलाई `पोलिट ब्युरो´ को बन्धनबाट मुक्त हाेस्: नेपाली कांग्रेस

जनताको आस्थाको थलोलाई `पोलिट ब्युरो´ को बन्धनबाट मुक्त हाेस्: नेपाली कांग्रेस


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग प्रतिनिधिसभालाई पार्टी पोलिटब्युरोको बन्धनबाट तत्काल मुक्त गर्न सचेत गराएको छ ।

सभामुखको उमेदवारका विषयमा नेकपाभित्र सहमति नजुटेका कारण लगातार संसद बैठक सूचना टाँस गरेर स्थगित हुँदै गएपछि कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी नबनाउन सचेत गराएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबारका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अकर्मण्यताप्रति आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘आदरणीय कमरेड द्वय@PM_Nepal@cmprachanda दलगत अनिर्णयको बन्दी प्रतिनिधिशभालाई निरन्तर बनाउने यहाँहरुको अकर्मण्यता आपत्तिजनक छ । जनताको आस्थाको थलोलाई `पोलिट ब्युरो´ को बन्धनबाट तत्काल मुक्त गर्नोस्  !