काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाण्डु महानगरपालिकामा मतदान सुरु भएको छ । आज बिहानदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चलने जनाइएको छ ।
यसअघि शनिबार महानगर पदाधिकारीमा सहमति हुन नसकेपछि निर्वाचन आजका लागि सारिएको थियो । देशकै राजधानी रहेका कारण महानगरको अधिवेशनलाई कांग्रेस नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् ।
काठमाण्डु महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह र गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट निलकाजी शाक्यबीच महानगरको सभापतिमा प्रतिस्पर्धा हुने भएको हो ।
केन्द्रीय सदस्य तथा कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानको साथ लिएर देउवा पक्षले रञ्जितलाई उठाएको छ । ३२ वडा मध्ये अधिकांश वडा सभा सभापतिको समर्थन शाक्यलाई रहेको दाबी गरिएको छ ।




प्रतिक्रिया