कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरेलाई जिम्मेवारी

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामा स्वीकृत, घिमिरेलाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितका संयोजक महादेव प्रसाद यादवले बुझाएको राजीनामा स्वीकृत भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यादवको राजीनामा स्वीकृत गरेका हुन् । यस्तै देउवाले गोपाल कृष्णा घिमिरेलाई कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा मनोनयन गरेका छन् ।

महादेवप्रसाद यादव केही दिन देखि कार्यालय जानै छाडेका थिए । सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको अधिवेशन विवादित बनेपछि कांग्रेसका जिल्ला सभापति कर्ण मल्ल अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता तथा कार्यकर्तासहित रिले अनशनमा छन् ।

फेरि अधिवेशन हुनुपर्ने माग उनीहरूको छ । डडेल्धुराको अधिवेशन रोक्न माग गर्दै उजुरी, संयोजक यादव र सभापति मल्लबीच ‘भनाभन’ समेत भएको थियो । मंसिर ६ गते भनाभन भएदेखि नै संयोजक यादव कार्यालय जाने छाडेका हुन् ।

निर्वाचन समितिको कार्यालय पनि सानेपास्थित कांग्रेस कार्यालयमै छ । दिनहुँ रिले अनशन हुने र त्यही बाटो संयोजक यादव भित्रबाहिर गरिरहनुपर्ने हुँदा असहज हुने गरेको थियो । यादवले यसअघि पनि डडेल्धुरा कांग्रेस विवादकै कारण राजीनामा दिए पनि सभापति देउवाले स्वीकृत गरेका थिएनन् ।