कांग्रेस महाधिवेशनः देउवाको तयारी तिव्र, संस्थापनइतरमा छलफल नै हुन छाड्यो

कांग्रेस महाधिवेशनः देउवाको तयारी तिव्र, संस्थापनइतरमा छलफल नै हुन छाड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएको छ । मङ्सिर २४ देखि २६ गतेसम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । पटक–पटक मिति तय भएरपनि हुन नसकेको कांग्रेसको यो महाधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।

पहिल्यैदेखि उठेको पुस्तान्तरणको मुद्धा कांग्रेसमा पेचिलो बन्दै गएको छ । सभापति शेरबहादुर देउवाको हातबाट सत्ता फुत्काउन इतर पक्ष लागिरहेको छ भने अझै एक कार्यकाल सत्ताको रसपान गर्ने सोचमा देउवा रहेका छन् ।

संस्थापनबाट देउवा सर्वसम्मत

अझै एक कार्यकाल सत्ताको बागडोर सम्हाल्न देउवा अग्रसर देखिएका छन् । उनको पक्षमा देउवाको विरुद्ध जाने कोही देखिएको छैन् । देउवालाई नै सबैले समर्थन गरेका छन् । देउवाका नजिक मानिएका विमलेन्द्र निधि देउवाबाट अलग्गिएको जनाएपछि संस्थापन पक्षमा देउवा मात्र एकल उमेद्वार हुन् । देउवाले भित्रभित्र तयारी समेत थालिसकेका छन् । आफु निकटलाई महाधिवेशन प्रतिनिधिमा ल्याउन उनले निकै जोडबल गरेका छन् ।

इतरमा छलफल नै हुन सकेन

शेरबहादुर देउवाको विकल्पका लागि एकजुट हुने प्रण गरेका संस्थापन इतरपक्षका नेताहरु अहिले भाग दौडमा छन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा इतरपक्षमा छलफल नै हुन सकेको छैन । इतर पक्षबाट रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह आकांक्षी रहेका छन् ।

यि चारै जना नेताबीच एक साथ छलफल नभएको महिना दिन भन्दा बढी भएको बताइएको छ । अहिले शेखर कोइराला विराटनगर भएकाले छलफल हुन नसकेको बताइएको छ । सभापतिमा कोइराला पक्षबाट शेखरलाई समर्थन गर्ने भन्ने आश्वासन दिएका शशांकले आफ्नो दाबी नछाडेपछि सहमति हुने सम्भावना न्युन देखिएको विश्लेषण हुन थालेको छ ।

अभिभावकत्व लिएर उमेद्वार टुङ्गो लगाउने बताएका वरिष्ठ नेता रामचन्द्र पौडेल आफै सभापतिमा लड्ने इच्छा देखाएपछि सहमति जुटाउन उक्त समुहलाई सकस परेको छ । वान टु वान छलफल भएपछि आकांक्षीहरुबीच समूहगत छलफल नभएको इतरपक्षका नेताहरुले बताएका छन् । आज भोलीमा फेरी सहमतिको प्रयास गरिने एक नेताले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यही मङ्सिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मङ्सिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने तथा जाँचबुझ गर्ने कार्यतालिका छ ।

यसैगरी, मङ्सिर २६ गते १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु गर्ने समितिले जनाएको छ ।