काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । १४ औँ महाधिवेशन उद्धाटनको अघिल्लो दिन समितिको अन्तिम बैठक सुरू भएको हो ।
आजको बैठकले पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ । १४ औँ महाधिवेशनमा आकांक्षी धेरै भएपछि पदाधिकारीको संख्या बढाउन लागिएको स्रोतले जानकारी दियो ।
सानेपामा जारी बैठकले सहमहामन्त्रीको संख्या ३ पु¥याउने तयारी गरेको छ भने ५८ जना केन्द्रीय सदस्य थप्न छलफल गरिरहेको एक नेताले जानकारी दिए ।




प्रतिक्रिया