कांग्रेसको मतदान सुरु, देउवासहितका नेताहरू मतदानस्थलमा पुगे (फोटोफिचर)


काठमाण्डु – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने मतदान अझै सुरु भएको छ । जेष्ठ सदस्य कुलबहादुर गुरुङले सुरुमा मतदान गरेका छन् ।

बिहान ८ बजेबाट हुनेभएपनि ढिला गरी मतदान सुरु भएको हो । सभापतिका लागि शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।

मतपत्र छाप्न ढिलाइ भएकाले मतदान ढिला गरी सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले बताए । सभापति शेरबहादुर देउवा प्रकाशमान सिंह, सुजाता कोइरालालगायतका नेताहरु भोट हाल्न मतदानस्थलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement