सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, कसको कति मत ?

सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, कसको कति मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुनः दोस्रो चरणको चुनाव हुँदैछ ।

कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ ।

मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दोस्रो चरणको चुनाव हुने भएको हो ।

सभापतिका लागि कुल ४ हजार ६८१ मत खसेको थियो । जसमा ७७ मत बदर भएको छ । मतपरीणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालले १ हजार ७२९ अरथात २६.९३ प्रतिशत मत पाएका छन् । बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पु¥याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।

सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हो ।

देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेको छ । मतदानको समय तय भइसकेको त छैन तर आज मंगलबार नै मतदान हुने भनिएको छ ।