कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो


काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो २ः०० बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने जानकारी दिइएको छ । उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको छ ।

केन्द्रीय कमिटीको बैठक १४ औँ महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको हो । यसअघि पुस १० गते पहिलो बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवाले बैठक बस्नुअघि रामचन्द्र पौडले, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याणराज गुरुङसहित १३ नेतालाई केन्द्रीय कार्य समितिमा मनोनित गरिसकेका छन् ।