सहकारी ठगीको विरोधमा काठमाडौँमा कांग्रेसको विरोध प्रदर्शन

सहकारी ठगीको विरोधमा काठमाडौँमा कांग्रेसको विरोध प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ताको बलमिच्याई र सहकारी ठगीको विरोध गर्दै सडक संघर्ष सुरु गरेको छ । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम आइतबारबाट कांग्रेसले काठमाण्डुमा सडक संघर्ष सुरु गरेको हो ।

गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट भ्रातृ संगठनहरूको अगुवाइमा प्रदर्शन सुरु भएको हो । अहिले प्रदर्शनकारीको जुलुस प्रदर्शनी मार्गमा भइरहेको छ ।

सहकारी ठगीको विषयमा गत चैत २ गतेबाट सदनमा सघर्ष गरिरहेको कांग्रेसले आजबाट सडकमा पनि संघर्ष सुरु गरेको हो । आजको बैठकमा पनि कांग्रेस सांसदहरूले बेलमा पुगेर नाराबाजी गरेका थिए ।

संसद् बैठक सकिएलगत्तै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा, सांसदहरू रमेश लेखक, रामहरि खतिवडा, एनपी साउद, राजेन्द्र बजगाईँ, सीता गुरुङ उदयशमशेर राणालगायत प्रदर्शनमा पुगेका छन् ।

प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

सदनमा विरोध गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले बिहीबार गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।

विरोध प्रदर्शनपछि हुने खुला सभालाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदर्शनमा काठमाण्डु उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिमूलकरुपमा नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता छ ।

कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

नेता कार्यकर्ताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने लगायत नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।