काठमाण्डु- कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो गुटका नेताहरूसँग छलफल थालेका छन् ।
पार्टीको १४औं महाधिवेशनमा आफूलाई सभापति निर्वाचित गराउन भूमिका निर्वाह गरेका नेताहरूसँग सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा छलफल गरिरहेका छन् ।
बुढानीलकण्ठमा संस्थापन समूहका नेताहरू छलफलमा जुटेका हुन् । छलफलको विषय सार्वजनिक गरिएको छैन् । यद्यपि संसदमा स्वीकृत हुन नसकेको अध्यादेश, आगामी महाधिवेशन र सरकारको काम कारबाहीबारे छलफल हुने एक नेताले बताए ।
बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरू उपस्थित छन् ।
छलफलका लागि उपस्थित साउदले देउवा गुट छाडेको चर्चा चलेको थियो । उनले देउवा क्याम्प छाडेर संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई साथ दिएको चर्चा छ ।




प्रतिक्रिया