कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि लागेको आरोप मिथ्या

कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि लागेको आरोप मिथ्या

पदबाट राजीनामा दिननपर्ने निष्कर्ष

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप मिथ्या भएको निष्कर्ष निकालेको छ ।

सोमबार सभापति शेरबहादु। देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस विषयमा गृहमन्त्री लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्री पदबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

पार्टीभित्रै गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘राजीनामाको कुरै छैन । उहाँ संलग्न रहेको कुनै आधार छैन,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने । महतले भने, ‘गृहमन्त्रीमाथिको आरोप मिथ्या हो । यही आरोपको आधारमा उहाँले पदबाट राजीनामा दिनुपर्छ भन्ने हुँदैन ।’

बैठक राजीनामाको विषय प्रवेश नभएको प्रवक्ता महतले बताए । ‘छानबिनको दायरामा गृहमन्त्री हुनुहुन्नु, उहाँमाथि उजुरी छैन । उहाँ दोषी भन्न मिल्दैन,’ उनले भने । उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।

नेता शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको पनि महतले बताए ।