जेन जी आन्दोलनपछि पहिलो पटक कांग्रेस पदाधिकारी बैठक बस्दै

जेन जी आन्दोलनपछि पहिलो पटक कांग्रेस पदाधिकारी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज २६ गते बस्ने पार्टी केन्द्रीय केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको हो। भदौ २३ र २४ को आन्दोलनपश्चात कांग्रेसको पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो।

भदौ २४ को जेन–जी आन्दोलनकारीको आक्रमणपछि देउवा दम्पत्ती नै गम्भीर घाइते भएर करिब एक महिनादेखि उपचाररत थिए। अहिले दुवैजना अस्पतालबाट डिस्चार्ज भएर ललितपुरमा बसोबास गरिरहेका छन्।

कांग्रेसभित्र अब सभापतिले देउवाले के गर्छन् ? कस्तो निर्णय लेलान् भन्ने चर्चाबीच देउवाले बैठक बोलाएका हुन्। कांग्रेसको नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने अवस्था छ। कि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको कुरा पनि नेताहरुले उठाइरहेका छन्। महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले विशेष महाधिवेशनको विकल्प पनि राखेका छन्।