बागमती प्रदेशमा कांग्रेसले सभामुखमा दाबी गर्ने

बागमती प्रदेशमा कांग्रेसले सभामुखमा दाबी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले बागमती प्रदेश सभाको सभामुख पदमा दाबी गर्ने भएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दावी प्रस्तुत गर्ने निर्णय गरेको हो । इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।

गत भदौ २३ गते राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

रिक्त पदमा कांग्रेसले गठबन्धनसँगको सहकार्यलाई आधार बनाएर सभामुख पदमा अधिकार पूर्वक दाबी गर्ने निर्णय गरेको हो ।

बैठकमा विपद् व्यवस्थापनसम्बन्धी विषयमा पनि निर्णय गरिएको छ । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्थानीय सरकारसँग समन्वय गरेर तत्काल कार्यान्वयन गर्ने सहमति भएको छ ।

साथै, आउँदो पुरक बजेटसम्बन्धी विषयमा थप छलफल गरी संसदीय दलले साझा धारणा बनाउने निर्णय पनि बैठकमा गरिएको छ ।

यस निर्णयलाई बागमती प्रदेशको आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ ।