काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् ।
कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय गरेको हो ।
बिहीबार बसेको कार्य सम्पादन समिति बैठकले जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा पहिलो एजेन्डा तय गरेको हो ।
यस्तै पार्टीको १५ औँ महाधिवेशनको विषय दोस्रो एजेन्डाका रूपमा राखिएको छ ।
यी हुन् एजेन्डा
–जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम
–१५ औँ महाधिवेशन
–प्रतिनिधि सभा विघटन र निर्वाचन
–तोडफोड र आगजनीबाट पार्टी कार्यालय पुनर्निर्माण
–देशभर शान्ति सुरक्षा एवं सुशासनको अवस्था
–प्राकृतिक विपद्
–क्षतिपूर्ति तथा पुनः निर्माणलगायत




प्रतिक्रिया