मंसिर १५ गतेभित्र महाधिवेशन सुरु गर्न माग गर्दै कांग्रेस संस्थापन पक्षका २५ जनाले बुझाए ज्ञापनपत्र

मंसिर १५ गतेभित्र महाधिवेशन सुरु गर्न माग गर्दै कांग्रेस संस्थापन पक्षका २५ जनाले बुझाए ज्ञापनपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले पार्टीको १५औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि नै गर्न माग गर्दै केन्द्रीय कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले विभिन्न ७ बुँदे माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा उनीहरूले सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर१५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख गरेका छन् ।

१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहमा रहेका उनीहरूले फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने उल्लेख गरेका छन्।

‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ ज्ञापनपत्रमा उल्लेख छ ।

त्यस्तै ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ ।

साथै युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, पार्टीको आन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिबासी जनजाती, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ ।

१५ औँ महाधिवेशनको सम्बन्धमा शीर्षकमा बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएको घट्नाको निष्पक्ष छानबिन गरी आपराधिक कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा उनीहरूले स्थानीय, प्रदेश र संघीय तहका निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवालाई पनि उम्मेदवार बनाउन र संविधान संशोधनका सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोणसहित पार्टीको अवधारणा बनाउन पनि माग गरेका छन्।