नेपाली कांग्रेसले गरायो दल दर्ता

नेपाली कांग्रेसले गरायो दल दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्।

शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो।

माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

निर्वाचन आयोगले दुवै निर्वाचनका लागि कार्त्तिक २८ गते दल दर्ताका लागि आह्वान गरेको थियो। आयोगले मंसिर १ देखि १० गतेसम्म राष्टिय सभाका लागि र मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि समय दिएको छ।