किन बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ?

किन बस्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ?


काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठकबाट सरकार–जेनजी सम्झौता र आउँदो फागुन २१ गतेका निम्ति घोषित निर्वाचनको वातावरणका विषयमा पार्टीको धारणा बनाइने छ ।

पुस २६ देखि २८ सम्मका निम्ति घोषित पार्टीको १५औँ महाधिवेशन कार्यतालिका संशोधन र मिति परिवर्तनलगायत विषयमा पनि बैठकमा छलफल हुनेछ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशन सम्भव नभएकाले विशेषमा जाने गरी दबाबको तयारी गरेका उनी निकटहरूले बताएका छन् ।