काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले बुधबार आफ्नो पक्षको विशेष महाधिवेन घोषणा गर्दै छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा महामन्त्रीद्वय निर्णायक चरणमा आमनेसामने भएका छन् । संस्थापन पक्षले नियमित महाधिवेशनमा जाने निर्णय गरे पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको आह्वान गर्न लागेका हुन् ।
संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेका वेला महामन्त्री थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न विशेष महाधिवेशनको तयारीमा लागेका हुन् ।
पार्टी विधानको तीनवटा धारामा टेकेर महामन्त्रीद्वय थापा र शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिलाई संयुक्त रूपमा काठमाडौं बोलाउन लागेका छन् ।
महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्रीका तर्फबाट विशेष महाधिवेशन आह्वान हुने बताए ।




प्रतिक्रिया