संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्नः विश्वप्रकाश शर्मा

संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्नः विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

सरकारले कोरोना विरुद्ध लड्न चीनबाट ल्याएका स्वास्थ सामग्रीमा भ्रष्टाचार भएको भन्दै उनले संकटका नाममा कसैलाई पनि भ्रष्टाचार गर्ने छुट नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत अख्तियारका नाममा स्मृति पत्र लेख्दै प्रवक्ता शर्माले अनियमितताको बारेमा जानकारी लिनु अख्तियारको दायित्व भएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।

उनले संकटका बेला सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व भएको जनाउँदै सरकारको अहोरात्र मेहनतको प्रशंसा गर्नुपर्ने बताएका छन् ।

‘अख्तियारलाई ‘स्मृति पत्र’ संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व । साथ दिरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण । अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर, संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न’, सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता शर्माले लेखेका छन् ।