काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जनकपुरबाट निर्वाचन केन्द्रित अभियान सुरु गर्न लागेको छ ।
कांग्रेसले माघ १६ गते जनकपुरमा सभा गरी निर्वाचनको औपचारिक अभियान सुरु गर्न लागेको हो ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर चुनावी अभियान गर्न लागिएको कांग्रेस मधेश प्रदेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।कांग्रेसले जनकपुरसहित विभिन्न स्थानमा पनि चुनावकेन्द्रित सभाहरू गर्ने तयारी गरेको छ।
गुप्ताका अनुसार पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय वृहत् सभा आयोजना गरेर चुनावी अभियानको औपचारिक सुरुवात गर्नेछ ।
जनकपुरमा हुने सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले उपसभापति शर्मालाई चुनावी प्रचार(प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ ।
यसअघि जनकपुरबाटै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि चुनावी अभियान सुरु गरेको छ ।
सभापति गगन थापासहित नेताहरू माघ ११ गते मधेस जानेछन्। माघ १२ गते उनीहरू सर्लाही पुग्नेछन्। सभापति थापा सर्लाही–४मा उम्मेदवार छन्।
विशेष महाधिवेशनबाट पुस ३० गते थापा सभापतिमा निर्वाचित भएका हुन् ।
कांग्रेसले थापालाई भावी प्रधानमन्त्री उम्मेदवार पनि तोकेको छ ।




प्रतिक्रिया