काँग्रेस सांसदले १५ दिनको तलब कोरोना कोषमा जम्मा गर्ने

काँग्रेस सांसदले १५ दिनको तलब कोरोना कोषमा जम्मा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।

काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ ।

सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने सचिवालयले जानकारी दिएको छ ।