कांग्रेसले आइतबार जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

कांग्रेसले आइतबार जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने

आज सार्वजनिक गर्ने कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि तयार गरेको प्रतिज्ञा पत्र फागुन ६ गते सार्वजनिक गर्ने भएको छ ।

कांग्रेसलेले जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वनजिक गर्ने प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसेले जानकारी दिए ।

उनकाअनुसार आइतबार सार्वजनिक गर्ने भनिएको प्रतिज्ञा पत्र अब फागुन ६ गते जनकपुरमा सार्वजनिक गरिनेछ ।

यसअघि पार्टीले आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो। तर कार्यक्रम परिमार्जन गर्दै अब जनकपुरमा आयोजना हुने आमसभाबाट सार्वजनिक गर्ने निर्णय गरिएको प्रवक्ता चालिसेले बताए ।

उनका अनुसार उक्त आमसभा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न हुने सन्दर्भमा प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम जनकपुरमा सारिएको हो ।