कांग्रेसले ५ स्थानमा चुनावी सभा गर्ने

कांग्रेसले ५ स्थानमा चुनावी सभा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने तयारी गरेको छ ।

कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि देशका विभिन्न स्थानमा पनि सभा गर्ने तयारी गरेको हो ।

कांग्रेसले सुर्खेत, बाँके, रुपन्देही, र पोखरामा चुनाव लक्षित सभा गर्नेछ । यस्तै कोशी र सुदूरपश्चिम प्रदेशमा पनि सभा गर्ने तयारी गरेको छ ।

कांग्रेसले पहिलो चुनावी सभा जनपुरमा गरेर चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको थियो । उपसभापति पुष्पा भुसालका अनुसार पार्टीले ५ स्थानमा गर्ने ठुला चुनावी सभाको मिति तय गरेको छ ।

फागुन १४ गते सुर्खेत, बाँके र रुपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा हुनेछ । त्यस्तै पोखरामा फागुन १५ गते र काठमाण्डुमा फागुन १७ गते चुनावी सभा हुनेछ ।

कोशी र सुदूरपश्चिममा हुने सभाको मिति अहिले तय नभएको उपसभापति भुसालले जानकारी दिइन् ।