कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापतिको स्थान खाली

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापतिको स्थान खाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो ।

तर सभापति गगन थापा बैठकमा सहभागी भएका छैनन् । उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ ।

थापाले बुधबार उपसभापति शर्मासमक्ष सभापति पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् । प्रतिनिधि सभामा कांग्रेसले पराजय भोगेका कारण नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार राजीनामा दिएका थिए।

बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिनेछ । उपसभापति शर्माले बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बताएका छन् ।