कांग्रेस बैठकमा आज महाधिवेशन कार्यतालिकामाथि छलफल हुने

कांग्रेस बैठकमा आज महाधिवेशन कार्यतालिकामाथि छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दैछ ।

मंगलबारदेखि जारी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल जारी छ । महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका प्रस्तावहरूमाथि बुधबार छलफल हुने छ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले मंगलबारको बैठकमा आगामी भदौ २४–२६ गतेसम्म १५ औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।

सभापति थापाको सोही प्रस्तावको विषयमा छलफल हुनेछ ।