काठमाण्डु –नेपाली कांग्रेसले शनिबार सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गर्दैछ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना भेला हुन लागेको छ ।
भेलाको सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे पनि भेलामा सहभागी हुनेछन् । भेला दुई दिनसम्म चल्नेछ ।
विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट वर्तमान सभापति थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्ने तयारी रहेको सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले बताए ।
‘प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल गर्ने कार्यसूची छ ।




प्रतिक्रिया