भोकले छट्पटीएर र तड्पिएर नागरिकको मृत्युको प्रतीक्षा नगर्न कांग्रेसको चेतावनी

भोकले छट्पटीएर र तड्पिएर नागरिकको मृत्युको प्रतीक्षा नगर्न कांग्रेसको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पैदल गाउँ गइरहेका श्रमिकको उचित व्यवस्थापन गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार एक विज्ञप्ति जारी गर्दै श्रमिकका लागि यो देशमा सरकार छ कि छैन ? भन्दै प्रश्न गरेका छन् । उनले भोकले छट्पटीएर र तड्पिएर नागरिकको मृत्युको प्रतीक्षा नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

‘निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठा भित्र छट्पटीएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन,’ शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने बताए । ‘७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो । पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु¥याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ,’ शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यस्तै उनले गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको बताएका छन् । ‘तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं—अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी,श्रमिक,बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?’, उनले भनेका छन् ।