नयाँ क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि (नामसहित)

नयाँ क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले खटायो ७७ वटै जिल्लामा प्रतिनिधि (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

कांग्रेसले यसपटकको सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रतिनिधि तोकिएको हो।

तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्न पार्टीले निर्देशन दिएको छ ।