काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई बेमौसमको बाजा नबजाउन चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रावधान खुकुलो बनाउन ल्याएको अध्यादेशमा नअल्झिन कांग्रेसले सुझाव दिएको हो ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध विजयी हाँसिल गर्न एक जुट हुने बेलामा राजनीतिक तरंग पैदा गर्नै काम नगर्नै चेतावनी दिएका हुन् ।
‘बेमौसमी बाजा नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो । नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ’, उनले भनेका छन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।
`बेमौसमी बाजा´ नबजाऔं !
संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो l नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् / गौण रहनुपर्छ l हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ l
जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 20, 2020




प्रतिक्रिया