एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार: विश्वप्रकाश शर्मा

एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार: विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनियानी – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् । कांग्रेस झापाले आइतवार आयोजना गरेको कार्यक्रममा उनले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएको बताएका हुन् ।

प्रवक्ता शर्माले भने, ‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।’

सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाइ थियो ।

‘अक्षरशः पढ्नुस्, अनि एमसीसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्’, उनले भने, ‘सुनेको भरमा धारणा बनाउनु हुँदैन ।’

मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्रीका लागि एमसीसी परियोजना लाभदायी हुने उनको भनाइ थियो ।

प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए। यता, कोरोना संक्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

केन्द्रीय समितिको निर्देशनबमोजिम कांग्रेस झापाले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले बताए ।