काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गम्भीर बन्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिइन् ।
‘कोरोना नियन्त्रणमा गम्भीर बन्न, पिसिआर (कोरोना ) परीक्षणको दायर बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छौं’, भुषालले भनिन् ।
टोलीमा पुष्पा भुसाल, गगन थापा, भीमसेनदास प्रधान र राजन केसी थिए । कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।




प्रतिक्रिया