काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ । केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि सानेपास्थित कार्यालय बन्द गर्ने निर्णय भएको सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पाँच जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि असोज २२ गतेसम्म केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, शम्भुलाल श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया